• Tuesday 6th of October 2026

समिटले छोडेका टिकट किनिसकेका डाक्टरहरूलाई लिन गयो नेपाल एयरलाइन्सको जहाज


  • धनकुटा खबर
  • .

समिट एयरले मुगुको ताल्चा विमानस्थलमा छाडेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको छ।

टिकट लिइसकेका चिकित्सकहरूलाई समिटको जहाजले छाडेर नेपालगञ्ज विमानस्थल उडेको थियो। विमानस्थलमा १६ जना चिकित्सक छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले छुटेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको बताए।

‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दु:खित बनायो। गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

माओवादीको कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पर्यटन मन्त्री किराँतीलाई फोन गरेर चिकित्सकहरूलाई लिन जाने जहाजको व्यवस्था गरिदिन आग्रह गरिएको बताएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖