• Tuesday 6th of October 2026

आज ह्वात्तै घट्यो सुन चाँदीको भाउ


  • धनकुटा खबर
  • .

काठमाण्डाै – सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा चार सय र चाँदी ३० रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलाको १ लाख १२ हजार २ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी आज तोलाको १ हजार ४ सय रुपैयाँ छ । हिजो तोलामा १ हजार ४ सय ३० रुपैयाँ थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖