• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पूर्वराष्ट्रपतिलाई २० वर्षको जेल सजाय


  • धनकुटा खबर
  • .

लिमा । पेरुका पूर्व राष्ट्रपति अलेजान्द्रो टोलेदोलाई २० वर्ष ६ महिनाको जेल सजाय सुनाइएको छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोग प्रमाणित भएपछि उनलाई त्यहाँको एक अदालतले सो सजाय दिएको हो ।

टोलेदोले ३ करोड ५० लाख अमेरिकी डलर घूस लिएर दक्षिण पेरुमा सडक बनाउने करार ब्राजिलको एउटा निर्माण कम्पनी ओदेब्रेच्टलाई दिएको अभियोजनकर्ताहरूको आरोप थियो ।

टोलेदो सन् २००१ देखि सन् २००६ को बिचमा राष्ट्रपति थिए । उनी पाँच वर्षअघि क्यालिफोनिर्यामा पक्राउ परे । त्यहाँ उनी कयौँ वर्ष बसेर काम गरेका थिए ।

गएको वर्ष मात्रै उनलाई अमेरिकालाई सुपुर्दगी गरिएको थियो । सो करार पाउन आफूले पेरु र अमेरिकाभर कयौँ अधिकारीहरूलाई दसौँ लाख डलर घूस दिएको ओदेब्रेच्टले पनि स्वीकार गरेको थियो ।

ओदेब्रेच्टकै मामिलामा घुस लिएको अभियोग लागेपछि प्रहरीले समात्न आउनु अघि पेरुका पूर्व राष्ट्रपति एलन ग्रासियाले घरमै सन २०१९ मा आफैले आफैलाई गोली हानेर आत्महत्या गरेका थिए ।

यस मामिलामा दुई पूर्व राष्ट्रपतिहरू पेद्रो पाब्लो कुजिन्स्की र ओलाअन्ता हुमालामाथि पनि छानबिन भइरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖