• Wednesday 7th of October 2026

धेरैवटा प्रेम सम्बन्ध टुट्नुमा सलमानको पश्चातापः गल्ती मेरै हो, उनीहरूलाई खुसी दिन सकिनँ


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सलमान खान आफ्नो जीवनमा प्रेम सम्बन्धका कारण धेरैपटक चर्चामा आएका छन्।

उनको नाम कैयौँ अभिनेत्रीसँग जोडिएको छ तर उनी अहिलेसम्म सिंगल नै छन्।

किनकि कसैसँगको प्रेम सम्बन्ध पनि विवाहमा परिणत हुन सकेन।

यसैबीच अहिले सलमानको एउटा भिडिओ भाइरल भइरहेको छ। जसमा उनले धेरै सम्बन्ध टुट्टुनमा आफ्नै पो गल्ती थियो कि भनेर महसुस भएको बताएका छन्।

भिडिओमा सलमान भन्छन्, ‘गल्ती मेरै हो किनभने जब पहिलो जान्छ, तपाईंलाई लाग्छ, गल्ती उसको हो। जब दोस्रो पनि जान्छ, गल्ती उसैको हो। जब तेस्रो जान्छ, तब पनि लाग्छ, गल्ती उसकै हो। तर जब चौथो पनि जान्छ, तब महसुस हुन्छ गल्ती मेरो हो वा उसको? मलाई डर छ– मैले उनीहरूलाई खुसी दिन सकिनँ कि?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖