• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बमको हल्लाले भारतीय वायुसेवा क्षेत्र हैरान


  • धनकुटा खबर
  • .

भारतीय वायुसेवा कम्पनी वा भारत जाने आउने विमानमा बम भएको हल्लाले भारतीय वायुसेवा क्षेत्र नै हैरान भएको छ ।

सोमबारमात्र ९० वटा त्यस्ता सन्देश आएका थिए भने हिजो मंगलबार पनि बमको झुटो सन्देश आउने क्रम रोकिएन ।

नेपाल आएको भिस्तारा एयरमा पनि बम भएको सन्देश आएपछि नेपालमा पनि केहि बेर समस्या भएको थियो ।

अहिलेसम्म कुनै पनि प्लेनमा बम नभेटिए पनि विमानहरू स्थगित हुने, डाइभर्ट हुने लगायतका हैरानी भने बेहोर्नु परेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖