• Tuesday 6th of October 2026

२८ वर्षीया महिलालाई १३ वर्षीय नाबालकले करणी गरेपछि


  • धनकुटा खबर
  • .

बझाङ । बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन् ।

छबिसपाथिभेरा गाउँपालिकाकी एक महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका एक नाबालकलाई पक्राउ गरिएको हो ।

अल्जाइमर भएकी उनलाई जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई प्रहरीले आइतबार साँझ ६ः३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बुबाको निधन भइसकेको र आमा आइतबार नै डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖