• Sunday 29th of November 2026

बेपत्ता भएको तीन दिनपछि मृत भेटिए व्यवसायी खेमसिंह


  • धनकुटा खबर
  • .

डडेल्धुरा: डडेल्धुराका व्यवसायी खेमसिंंह प्वाली मृत भेटिएका छन्। सोमबारदेखि बेपत्ता रहेका प्वाली बुधबार मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार ५३ वर्षीय पालीको शव परशुराम नगरपालिका–६ करालीस्थित महाकाली नदीको किनारमा फेला परेको छ।

सोमबारदेखि परिवारको सम्पर्कमा नआएपछि उनको खोजी कार्य सुरु गरिएको हो। सो क्रममा प्वालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको थियो।

घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान अगाडि बढाइएको डीएसपी श्रेष्ठले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖