• Saturday 28th of November 2026

सुर्खेतमा गाडी दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते


  • धनकुटा खबर
  • .

सुर्खेत : जुम्लाबाट सुर्खेत आइरहेको गाडीको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सुर्खेतको बराहताल गाउँपालिका -८ मा दुर्घटना हुँदा गम्भीर घाइते ३५ वर्षीय दीपक शाहीको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा निधन भएको हो।

दुर्घटनामा पाँच जना अन्य घाइते भएका छन् । जसको अवस्था सामान्य रहेको र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गतिमा अनियन्त्रित भएर सडक छेउमा पल्टिएको गाडीमा बच्चासहित २९ जना सवार थिए। बिहिबार बिहान जुम्लाबाट सुर्खेततर्फ आईरहेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमल गाडी बराहताल गाउँपालिका–८ हुड्केमा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖