• Sunday 29th of November 2026

मलामीलाई पुर्‍याउन गएको ट्याक्टर दुर्घटना


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको हरिचन–रौलेश्वर ग्रामिण कृषि सडक अन्तरगत पर्ने पाटन नगरपालिका–९को धारापनी खोलामा शुक्रबार सुदूरपश्चिम प्रदेश ०१००२ त ५५९१ नम्बरको ट्याक्टर दुर्घटना प्रहरीले जनाएको छ।

दुर्घटनामा परी सुर्नया गाउँपालिका ६ का ट्याक्टर चालक अन्दाजी ३० वर्षीय गोविन्द कुवँर सामान्य घाइते भएका छन्।

उनलाई उपचारका लागि डडेल्धुरा लगिएको छ। ट्याक्टरमा चालक मात्रै रहेको बुझिएको छ। पाटन नगरपालिका–९को धारापानी गाउँमा मलामीहरुलाई घर पुर्याएर खोड्पेतर्फ आउने क्रममा दुर्घटनामा परेको बताइएको छ।

ट्याक्टर सडकबाट करिब २५ मिटर तल परेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖