• Tuesday 6th of October 2026

जागिर लगाइदिने भन्दै वडाध्यक्ष धमलाले गरे जवरजस्ती करणी


  • धनकुटा खबर
  • .

ओखलढुंगा । ओखलढुंगाको सुनकोसी गाउँपालिका १० का वडाध्यक्ष छवि रमण धमलाविरुद्ध जिल्ला अदालत ओखलढुंगाले पक्राउ पुर्जी जारी गरेको छ । सोही वडाकी एक महिलालाई जवरजस्ती करणी आरोपमा अदालतले पक्राउपुर्जी जारी गरेको हो ।

सुनकोशी गाउँपालिका १० कै २५ वर्षीय महिलालाई जागिरमा लगाई दिने प्रलोभनमा गत असार २५ गतेका दिन ओखलढुंगा सदरमुकामको एक होटेलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ।

जबरजस्ती करणी गरेको आरोपमा पीडित महिलाले वडाध्यक्षविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । सोही उजुरीको आधारमा जिल्ला अदालत ओखलढुंगाले अध्यक्ष धमलालाई पक्राउ पुर्जी जारी गरेको उनको भनाइ छ ।

जाहेरी दिने तयारी गर्दा अध्यक्ष धमलाले ति महिलालाई विभिन्न खालका प्रलोभन देखाएर रोक्न खोजेको पीडित पक्षको भनाई छ । पिडित महिलाका श्रीमान बैदेशीक रोजगारीका लागि विदेश रहेका भए पनि सो घटना पछि स्वदेश फर्किसकेका छन् । पक्राउ पुर्जी जारी भए पश्चात तत्कालै प्रहरी खोजी कार्य थालेको भए पनि हाल सम्म उनलाई फेला पार्न नसकिएको प्रहरीको भनाइ छ ।

विद्यार्थीकालमा माओवादीबाट राजनीतिमा लागेका धमला गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।-खबरडबली बाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖