एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा शनिवार जित निकालेको छ ।
सिटीले साउथह्याम्पटनमाथि १-० ले हराएको छ। घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा नर्वेली फरवार्ड एर्लिङ हालाण्डले निर्णायक गोल गरे ।
हालाण्डले खेलको पाँचौ मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । अपराजित सिटीले नवौं खेलमा ७ जित र दुई बराबरी खेलेको छ।
सिटी ९ खेलमा २३ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुलको २१ अंक रहेको छ । लिभरपुलले आइतवार आर्सनलसँग खेल्दैछ ।
साउथह्याम्पटनको ९ खेलमा १ अंक जोड्दै तालिकाको पुछारमा छ ।
