• Tuesday 6th of October 2026

दिक्तेलमा गोरु काटेर भोज लगाएको आरोपमा एक युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं,९ असोज । गोरु काटेर भोज लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ गरेको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खाएको आरोपमा रावाबेंसी गाउँपालिका–६ हौँचुरका २७ वर्षीय बादल गुरुङ पक्राउ परेका हुन्।

गुरुङलगायतको समूहले गोरु काटेर भोज खुवाईरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

गोरु-गाई काटेर खाएको आरोपमा प्रहरीले कारबाही तीव्र पारेपछि पछिल्लो समय प्रतिरोधमा सामूहिक भोज खाने अभियान चलिरहेको छ। नेपालको अन्य क्षेत्रकमो तुलनामा पूर्वमा यो अभियान निक्कै बढेको छ । केही समयअघि कोशी प्रदेशको सुनसरीको धरानमा पनि गोरु काटेर सामूहिक भोज गरेपछि जातीय तथा धार्मिक द्वन्द्वको जोखिम बढेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖