• Tuesday 6th of October 2026

नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरी


  • धनकुटा खबर
  • .

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टिम गोलरहित बराबरीमा रोकिएका हुन् ।

दुवै टिमले गोलका केही अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको बताइएको छ ।

आजको खेलको विजेताले उपाधिका निम्ति साविक विजेता बंगलादेशसँग खेल्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖