• Wednesday 7th of October 2026

बलिउड फिल्म ‘भुल भुलैया ३’ भएन सेन्सर, नेपाल प्रदर्शन अनिश्चित!


  • धनकुटा खबर
  • .

कार्तिक आर्यन अभिनीत बलिउड फिल्म ‘भुल भुलैया ३’ नेपालमा पनि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।

हलले फिल्मको अग्रिम टिकट बिक्री समेत गरिसकेका छन्। तर बिहीबार दिउँसोसम्म फिल्म सेन्सर भएको छैन। जसका कारण फिल्मको नेपाल प्रदर्शन अनिश्चित बनेको छ।

फिल्मलाई अन्तिम समयमा हिजो मात्रै सेन्सर बोर्डमा पेस गरिएकाले सेन्सर हुन नसकेको बोर्ड सदस्य ऋषिराज आचार्यले बताए।

‘अन्तिम समयमा आएका कारण प्रक्रियागत रूपमा हेर्न नभ्याइएको हो,’ आचार्यले भने, ‘आज सेन्सर गर्न मिल्ने–नमिल्ने छलफल हुँदैछ। आइदिनुपर्यो भन्ने कुरा आएको छ। मिल्यो भने आज बेलुकासम्म हुनसक्छ।’

हरर-कमेडी जनराको फिल्म ‘भुल भुलैया ३’ मा कार्तिक आर्यनसहित माधुरी दीक्षित, तृप्ति डिमरीको शीर्ष अभिनय छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖