• Sunday 29th of November 2026

बस सडकबाट २ सय मिटर तल खस्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरामा शनिबार बिहान बस दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

शनिबार बिहान ४ः३० बजे तिर काठमाडौं जान लागेको स्टार्ट गरेर राखेको पूर्व अरनिको यातायातको बा ५ ख २८६ नम्बरको बस ओट नाघेर ब्याक हुँदा दुर्घटनामा परेको पूर्वी अरनिको यातायात सेवा प्रालि रामेछापका प्रमुख सुवास फुयाँलले जानकारी दिनुभयो ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको स्थानीय मणिराज सुनुवारले जानकारी दिनुभयो ।

दुर्घटनामा परी बसका सहचालक रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ केवल सुनुवार र बसमा रहेकी यात्रु उमाकुण्ड गाउँपालिका– गुप्तेश्वरकी फूलकुमारी सुनुवार घाइते हुनुभएको छ ।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको छ । उनीहरूलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖