• Saturday 28th of November 2026

भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुंदा दुई जनाको मृत्यु ,तीन घाइते


  • धनकुटा खबर
  • .

कपिलवस्तु । भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

मृत्यु हुनेमा कपिलवस्तु बाणगङ्गा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटा रहेका छन् ।

भारतीय सुरक्षाकर्मीका अनुसार उनीहरु भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेका थिए ।

उनीहरु सवार कार भारतको बलरामपुरमा एक बससँग ठोक्किएको थियो ।

कारमा सवार मृतक बेल्बासेकी पत्नी शारदा, सोही ठाँउका टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖