• Tuesday 6th of October 2026

साताको चौथो दिन सुनको मूल्य घट्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । साताको चौथो दिन सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।

बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबी आज १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖