काठमाडौं । नर्थ क्यारोलिनामा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । यो अमेरिकाको सात स्विङ राज्यमध्ये एक हो ।
स्विङ स्टेट भनेको त्यो राज्य हो, जहाँ चुनावमा जित वा पराजय एकदमै नजिक हुन्छ ।
उत्तरी क्यारोलिनाका सबै १६ इलेक्टोरल भोट ट्रम्पले जितेका छन् । अमेरिकामा कुल ५३८ इलेक्टोरल भोटहरू छन्, जसमध्ये विजयका लागि २७० मत आवश्यक पर्दछ ।
अधिकांश स्विङ स्टेटको नतिजा आउन बाँकी छ । कमला ह्यारिसले पेन्सिलभेनिया, मिशिगन र विस्कन्सिनमा जित्ने अपेक्षा गरिएको छ ।
