काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचितपछि कमला ह्यारिसले अहिलेसम्म कुनै वक्तव्य दिएकी छैनन् ।
ह्यारिसले वाशिङटन डिसीस्थित हार्वर्ड विश्वविद्यालयमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने तयारी भएपनि उनी आइनन् ।
ट्रम्पले महत्वपूर्ण ‘स्विङ स्टेट’ मा जितेका छन् । ट्रम्पले सात ‘स्विङ स्टेट’ मध्ये जर्जिया, नर्थ क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया जितेका छन् ।
योसँगै ट्रम्पले अहिलेसम्म २७९ इलेक्टोरल भोट जितेका छन् । कमला ह्यारिसले २२३ इलेक्टोरल भोट पाएकी छन् ।
