• Wednesday 7th of October 2026

‘कबड्डी ४’ लाई उछिन्दै विराजको ‘१२ गाउँ’ ले बनायो बक्सअफिसमा नयाँ रेकर्ड


  • धनकुटा खबर
  • .

काठमाडौ । विराज भट्टको फिल्म ‘१२ गाउँ’ बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ। ‘कबड्डी ४’ रेकर्ड तोड्दै यो फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको हो।

यस फिल्मले चारसातामा २५ करोड ५० लाख कमाइ गरेको वितरक गोविन्द्र शाहीले जानकारी दिए। ‘यस फिल्मले चारसातामा २५ करोड ५० लाख कमाइ गरिसकेको छ। पाँचौं हप्तामा पनि दर्शकको साथ राम्रै छ। हिजोको शोहरु हाउसफुल थिए,’उनले भने।

जुन कलेक्सन यसअघिकै सर्वाधिक कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ को लाइफटाइम कलेक्सनभन्दा बढी छ। यस फिल्मले नेपालभर जम्मा २५ करोड हाराहारीमा कमाइ गरेको निर्माण टिमको जनाएको थियो। रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, मिरुना मगर र सौगात मल्ल मुख्य भूमिकामा थिए।

एक्सनप्रधान यो फिल्म विराजका छोरा समीर भट्टको डेब्यु फिल्म हो। एक्सन हिरोको रुपमा उदय भएको भन्दै समीरले तारिफ बटुलिरहेका छन्। समिरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर फिल्म खेलेका हुन्।

फूलपातीको अवसरमा असोज २४ गतेबाट ‘१२ गाउँ’ सहित ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँसाब’ रिलिज भएका थिए। सुरुवातीमा हिट फ्रेन्चाइज भएकाले ‘छक्का पञ्जा ५’ ले बढी शो पाएको थियो। यस फिल्मले २२१ शो पाउँदा ‘१२ गाउँ’ ले १३५ र ‘ज्वाइँ साब’ ले ९४ शो पाएका थिए। जसले ‘छक्का पञ्जा ५’ इनिसियल व्यापार बढी भयो। तर, दसैँ बिदा सकिएसँगै ‘छक्का पञ्जा ५’ लाई शोमा ‘१२ गाउँ’ ले पछि पारेको थियो।

विराजकै निर्देशनमा बनेको यस फिल्मबाट समीरसहित दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्।

फिल्ममा विराजसहित मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भीष्म जोशी, शुलेमान शंकर ९इकु० लगायतको अभिनय छ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖