• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

पुटिनसँग वाता गर्न तयार छु : ट्रम्प


  • धनकुटा खबर
  • .

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जितेपछि डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । ‘मलाई लाग्छ हामी वार्ता गर्नेछौँ,’ बिहीबार एनबीसी न्युजलाई ट्रम्पले भने ।

रुसी समाचार एजेन्सी तासका अनुसार, ‘डोनाल्ड ट्रम्पले आफ्नो कुराकानीमा पुटिनसँग अहिलेसम्म वार्ता नगरेको बताएका छन्, तर उनले यो सम्भावनालाई अस्वीकार पनि गरेका छैनन् ।’

तासमा छापिएको समाचारका अनुसार ट्रम्पले अहिलेसम्म भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुलगायत विश्वभरका ७० नेताहरूसँग कुरा गरिसकेको बताएका छन् । आफू र बाइडेनले चाँडै नै सँगै डिनर गर्ने सहमति भएको पनि ट्रम्पले बताए ।

सन् २०१६ मा पनि राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको अभियानलाई बढवा दिन रुसले हस्तक्षेप गरेको आरोप लागेको थियो । तर, रुसले त्यस्ता सबै आरोप अस्वीकार गरेको थियो । अमेरिकी विशेष वकिल रोबर्ट मुलरले सन् २०१६ मा ट्रम्पको अभियान र रुस बिचको साँठगाँठको आरोपमाथि छानबिन गरेका थिए । तर तीन वर्ष पछि एक रिपोर्टमा उनले षड्यन्त्रको कुनै प्रमाण फेला नपरेको बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖