काठमाडौं । चलचित्र पत्रकारीतामा आफुलाई लामो समय देखि स्थापीत गरेका सञ्चारकर्मी प्रकाश सुवेदीले आफुलाई ज्यान मार्ने धम्की आईरहेको बताएका छन।
उनले आज आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा यसको खुलासा गरेका हुन्। मङ्सिर ७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘तेल भिषा’ को ट्रेलर रिलिज कार्यक्रममा उनले यो बारे बताएका छन्।
उनले विभिन्न नम्बरबाट आफुलाई पटक पटक ज्यान मार्ने धम्की आएको र यसको लागी प्रहरीको मा पुगेको जनाएका छन्। हिन्दी भाषामा फोन गर्दै २ करोडको सुपारी मिलेको भन्दै पटक पटक धम्कि आएको उनले उल्लेख गरेका छन्।
