• Wednesday 7th of October 2026

हलमा ‘पूर्णबहादुरको सारंगी’चलिरहँदा प्रकाश सपुतले किन माफी मागे ?


  • धनकुटा खबर
  • .

काठमाडौ । ‘पूर्णबहादुरको सारंगी’ रिलिजअघि कलाकार प्रकाश सपुत फिल्मको प्रबर्द्धनमा देखिएनन् । यसो हुनुमा आफू निर्देशित ‘वसन्त’लाई यसअघि नै रिलिज गर्नुपर्छ भन्ने शर्त थियो भन्ने चर्चा छ ।

यो चर्चा निकै चुलिएपछि २ कात्तिकको बेलुका एक फेसबुक स्टाटस लेख्दै सपुतले खण्डन प्रयत्न गरे । ‘अन्तिम स्पष्टीकरण’ भन्दै उनले भइरहेका विवादलाई प्रकाश पार्ने प्रयास गरेका थिए ।

उनले लेखेका थिए, ‘पर्दामा यस्तो सपना, संघर्ष र ईमानको कथा बनाएर बाहिर चाहिं अरुको सपना, संघर्ष र ईमानमाथि बेइमानी र बदनामी गर्नेहरूसँग चाहिं फेरि जोडिन नपरोस् । कम्तिमा मर्यादित बनौं । अर्को कुरा, सिर्जना दर्शकको शुभेच्छा र स्वयं सिर्जनाको दमले चल्छ ! सर्जक, निर्माता वा कलाकारको दम्भले होइन । म यो कुरामा सधैं स्पष्ट छु ।’

अचानक फिल्म प्रदर्शन हुने भएपछि आफू सरप्राइज रहेको उल्लेख गर्दै उनले उक्त स्टाटसमा अघि लेखेका थिए, ‘टिम वर्कमा एउटा मान्छे बेइमानीमा पर्दा उसँग जोडिएका अरु थुप्रै मानिसलाई धोका हुन्छ । मैले पूर्णबहादुरको सारंगीका लागि कुनै शर्त राखेको थिइनँ । मैले त उहाँहरूलाई आफ्नो समस्या राखेको थिएँ र सोच्ने समय दिएको थिएँ । सोचेरै सम्झौतामा स्पस्ट लेखिएको पनि छ !’

सपुतको उक्त स्टाटसको केही मिनेटमै फिल्मको निर्मातामध्येका एकले प्रतिक्रिया दिएका थिए ।

शनिबार बेलुका सपुतको नयाँ स्टाटस आएको छ जसमा उनले ‘सकारात्मक महसुस’ गरिरहेको लेखेका छन् । ‘जानी नजानी मन दुःखाएको’ भन्दै उनले माफी मागेका छन् ।

उनी लेख्छन्, ‘जानी नजानी मन दुखाएकोमा माफी चाहन्छु । कमजोरीहरु सुधार्दै जाउँला । अब त उमेरले पनि अलि पाको हुँदै गइयो । सस्तो चर्चा, परिचर्चा, सफलता, व्यवस्तताभन्दा पनि एउटा राम्रो विचार र व्यवहार सहितको व्यक्ति बन्न चाहन्छु । यसरी खबरदारी चाहिं गर्दै गर्नुस् तर राम्रो ऊर्जा पनि दिनुस् न है । म कलामार्फत थुप्रै कुरा भन्न सक्छु, समाजलाई सुसूचित र राज्यलाई प्रश्न गर्न सक्छु । तपाईहरूलाई निरन्तर मनोरन्जन गर्न सक्छु ! यति आत्मविश्वास छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖