• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

हिरासतमा रहेका रविसँग आज पनि बयान लिइँदै


  • धनकुटा खबर
  • .

काठमाडौ । सुप्रिम सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ।

मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ ५ः ४५ बजेसम्म चलेको थियो। तर, बयान नसकिएकाले आज पनि उनीसँग बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले आज कार्यालय समय सुरु भएसँगै बयान लिने काम सुरु हुने बताए।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएको थियो। प्रहरीले उनलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगेको थियो।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पटकपटक म्याद थप गराउँदै कास्की प्रहरीले सहकारीको रकम अपचलनमा अनुसन्धान गरिरहेको छ। सोही प्रकरणमा उनलाई मंगलबार रुपन्देही लगिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖