• Tuesday 6th of October 2026

पत्नीशोकपछि भेलु बाजेलाई सत्मार्गमा फर्काउन आर्थिक संकलन, सांसद सूर्य थापाले पनि गरे सहयोग


  • धनकुटा खबर
  • .

काठमाडौं । पत्नी शोकमा परेका ‘भाइरलम्यान’ भेलु बाजे उर्फ निमबहादुर बुढालाई प्यूठानका सांसद सूर्य थापाले आर्थिक सहयोग गरेका छन् ।

प्यूठान जुम्रीकाँडा निवासी भेलु बाजेका लागि जिल्लावासीले आर्थिक सहयोग अभियान चलाइरहेका छन् । सोही अभियानलाई साथ दिँदै सांसद थापाले ५ हजार रुपैयाँ सहयोग गरेका हुन् । केही दिनमा कार्यक्रम आयोजना गरेर सहयोग हस्तान्तरण गर्ने तयारी रहेको आयोजकले बताएको छ।

गत निर्वाचनका बेला भेलु बाजेले सूर्य थापाको पक्षमा मत मागेका थिए । तर, भोलिपल्ट विपक्षी गठबन्धनमा गएपछि पैसा पाएर मत मागेको भन्दै पुनः चर्चामा आएका थिए ।

सामाजिक सञ्जालमा उट्पट्याङ कुरा बोल्ने र मदिराको सुरमा रहने भेलु बाजेलाई सत्मार्गमा फर्काउने उद्देश्यले आर्थिक सहयोग संकलन अभियान थालिएको हो । यो अभियानमा साउदीबाट उमान जिएम, मलेसियाबाट मनिष विष्ट र सन्तोष केसीले नेतृत्व गरेका छन् ।

अहिलेसम्म एक लाख २५ हजारभन्दा माथि रकम जम्मा भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖