• Saturday 28th of November 2026

अर्काको घरको सटरमा गाडी ठोक्काएका भाइरल झाँक्री प्रकाश भुजेलले ठोके कुलेलम्


  • धनकुटा खबर
  • .

काठमाडौं– युट्युवलगायतमा अन्तरवार्ता दिँदै ‘बिरामीको साथी धर्म गुरु’भनेर चिनाउने भाइल झाँक्री प्रकाश भुजेल अर्काको घरको सटरमा आफ्नो गाडी ठोक्काएर कुलेलम् ठोकेका छन्।

उनी शंखरापुर इन्द्रायणीमा गाडी दुर्घटना गरेर भागेको प्रहरीले जनाएको छ।

साँखुमा प्रकाश मानव सेवा सांस्कृतिक झाँक्री केन्द्र सञ्चालन गरी विभिन्न विषयमा अनेकथरी अन्तरवार्ता दिने झाँक्रीको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक पनि घाइते भएका छन् ।

शंखरापुर नगरपालिका–९ इन्द्राणीमा उनको गाडी सडकबाट घरको सटरमा पुगेर ठोक्किएको थियो।

मोटरसाइकल र स्कुटर ठोक्किएपछि जोगाउन खोज्दा उनी आफैँले चलाएको गाडी अनियन्त्रित भएर घरभित्र पसेपछि झाँक्री फरार भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖