• Saturday 28th of November 2026

झाक्री प्रकाश भुजेलले ठक्कर दिएका मोटरसाइकल चालकको मृत्यु, श्रीमती भेन्टिलेटरमा


  • धनकुटा खबर
  • .

काठमाडौ । झाक्री प्रकाश भुजेलले ठक्कर दिएका मोटरसाइकल चालक कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ ।

उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । नगकोटी कागेश्वरी मनोहरा २ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् । दुर्घटनामा उनलाई टाउको, पेट र घुँडामा गम्भीर चोट लागेको थियो ।

दुर्घटनामा नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनी मोटरसाइकलको पछाडि सवार थिइन् । उनको अवस्था गम्भीर र भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖