• Tuesday 6th of October 2026

एनपिएलका खेल स्टार स्पोर्ट्सबाट प्रशारण हुने


  • धनकुटा खबर
  • .

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण प्रशारण भारतीय टेलिभिजन स्टार स्पोर्ट्स नेटवर्कबाट हुने भएको छ।

एनपिएलको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकका अनुसार भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कबाट एनपिएलका खेल प्रत्यक्ष प्रशारण हुने भएको हो।

यस्तै एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक हुने भएको छ।
नेपाल प्रिमियर लिग मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।

एनपिएलमा आठ वटा टिमले प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖