• Tuesday 6th of October 2026

कुरौटे कर्मचारीको कुराले नगर प्रहरीको जागिर चट


  • धनकुटा खबर
  • .

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाको नगर प्रहरी प्रमुखको जागिर खोसिएपछि सई कृष्ण मल्ल रुष्ट बनेका छन्।

उपमहानगर स्रोतका अनुसार नगर प्रहरीका इन्चार्ज मल्ललाई नगरप्रमुख गोपाल हमालको निर्देशनमा सोमबार नै हटाइएको हो। मेयर हमालले हालै गरेको छड्के अनुगमनका क्रममा उनी ड्युटीमा नभेटिएर घर बसेको पाइएपछि जागिर गएको बताइन्छ।

तर मल्लले प्रशासनलाई बिदा माग्दा पनि नपाएको गुनासो गरेका छन्। बिदा माग्दा पनि नपाएर सेकेन्डलाई ड्युटी बुझाइ कहिलेकाही काम परेपछि बिरामी भेट्न २-४ घण्टा राति जाँदाको निहुँ बनाइएको बताएका छन्। ‘एक वर्षमा १ दिन बिदा नलिएर काम गरे तर कुरौटे कार्यालय सहयोगीको कुरा सुनेर मलाई जागिरबाट हटाइयो’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖