• Tuesday 6th of October 2026

गाउँघरमा गएर रुद्राक्ष खरिद गर्न नपाउने


  • धनकुटा खबर
  • .

चाईनिज रुद्राक्ष व्यवसायीले गाउँघरमा गएर रुद्राक्ष खरिद गर्न नपाउने भएकाछन् । रुद्राक्ष व्यवसायी संघले विदेसिलाई गाउँ-गाउँ पसेर व्यपार गर्न रोकिदिन जिल्ला प्रसासन कार्यालय संखुवासभा संग अनुरोध गरेपछि जिल्ला प्रसासन कार्यलयले सुरक्षाको कारण देखाई चाईनिज व्यवसायीलाई गाउ जान रोक लगाएको हो।

जिल्ला प्रसासन कार्यलयमा सरोकारवाला संध-सस्था सँग छलफल गरि उक्त रोक लगाउने निर्णय भएको हो । निर्णयमा पछिल्लो बर्षहरुमा चिनिया व्यापारीहरु रुद्राक्ष खरिद गर्ने क्रममा किसानको घरमा जाँदा सम्वन्धित रुद्राक्ष धनिको रुद्राक्ष असुरक्षित हुन सक्ने साथै त्यसरी एक्लै दुक्लै चिनिया नागरिक किसानको घर घरमा जाँदा निजहरुको साथमा रहेको रकम लुटपात हुन सक्ने एवं व्यक्तिगत सुरक्षामा समेत खतरा उत्पन्न भई दुई देश विचको सम्वन्धमा समेत असर पुग्न सक्ने हुँदा रुद्राक्ष कारोवार गर्ने विदेशिलाई किसानको घर घर जान लैजान नपाउने आवस्यक व्यवस्था मिलाउने प्रहरी कार्यालय, स्यानिय तह, रुद्राक्ष व्यवसायी संध, दोभासे तथा किसानलाई भनिएको छ ।

रुद्राक्षको कारोवार गर्ने विदेसी नागरिकहरुको सुरक्षा एवं नियमन गर्न र यस व्यवसायलाई अझ व्यवस्थित तुल्याउन हाल विदेसी नागरिकहरुलाई तुलिंङ्गटार वजार, खाँदवारी वजार र चैनपुर वजारमा मात्र वसी खरिद विक्री गर्ने पाउने व्यवस्था मिलाउने भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖