• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

विश्वप्रकाशको नेतृत्वमा किर्तिपुरमा कांग्रेसले गरयो उम्मेदवारी दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा किर्तिपुरमा उम्मेदवारी दर्ता गरेको छ । 

कीर्तिपुर नगरपालिकाको रिक्त मेयर र वडाध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन । सो क्षेत्रका सांसद राजन केसी पनि सो उम्मेदवारी दर्तामा पुगेका थिए । 

कांग्रेसका अनुसार मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाइएको छ भने वडा नम्बर १ र ४ मा क्रमशः इच्छाकुमार महर्जन र राजेन्द्र मानन्धरले मनोनयन  दर्ता गराएका छन् ।

 

मंशिर १६ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अहिले धमाधम मनोनयन दर्ता कार्य भइरहेको छ ।

अहिलेसम्म किर्तिपुरको मेयर पदका लागि उम्मेदवारी दर्ता गराएमा १५ मध्ये ८ स्वतन्त्र छन भने र राजनीतिक दलका तर्फबाट ७ जनाले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिएका छन् ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖