काठमाडौं । भोजपुर जिल्लामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७२ वर्षीय मानबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
भोजपुर नगरपालिका–३ दावारबे टोल बस्ने श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
श्रेष्ठले ती बालिकालाई विभिन्न प्रलोभन देखाई गत वैशाख १२ गते जबरजस्ती करणी गर्दा गर्भ रहेको थियो ।
पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ ।-रिपब्लिक दैनिक
