• Tuesday 6th of October 2026

कर्नाटक यू-१९ टिमसँग नेपाल पराजित


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतको कर्नाटकको यू-१९ टिमसँग नेपाली टोली पराजित भएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज कर्नाटकाले नेपाललाई ५ विकेटले पराजित गर्दै सिरिज २-२ को बराबरी गरेको हो । नेपालले दिएको १ सय ६ रनको लक्ष्य पछाएको कर्नाटकाले ३७ ओभरमा ५ विकेट गमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिङ गर्दै ३५।२ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो ।

यस सिरिजमा पहिलो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो । योसँगै ५ खेलको सिरिजमा नेपाल २-२ ले बराबरी भएको छ ।

अब सिरिजको पाँचौँ तथा अन्तिम खेल बिहीबार हुने छ । नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू-१९ एशिया कपको तयारीको रुपमा यो सिरिज खेलिरहेको छ । एसियन कपमा नेपाल समूह बी मा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖