• Tuesday 6th of October 2026

विश्वकप छनौटको खेलमा बराबरीमा रोकिए ब्राजिल र उरुग्वे


  • धनकुटा खबर
  • .

एजेन्सी – ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनौटमा उरुग्वेसँग बराबरीमा रोकिएको छ ।

बुधबार बिहान सम्पन्न खेलमा ब्राजिल र उरुग्वे १-१ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औ मिनेटमा फेडेरिको भलभेर्डेले गोल गर्दै उरुग्वेलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ब्राजिलका लागि खेलको ६२औँ मिनेटमा गेर्सनले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि ब्राजिलको १२ खेलमा १८ अंक भएको छ र पाँचौँ स्थानमा रहेको छ । त्यस्तै उरुग्वेको १२ खेलमा २० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖