• Saturday 28th of November 2026

बोक्सी लगाएर बिरामी पारेको भन्दै भाइले गरे दाईको हत्या


  • धनकुटा खबर
  • .

दैलेख- दैलेखमा बोक्सी लगाएको आरोपमा हँसियाले हानेर भाइले दाईको हत्या गरेका छन् । दुल्लू नगरपालिका–१३ मालिकाको खणिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीलाई भाई नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकले हँसियाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

आफूलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै गएको बुधवार साँझ कर्णबहादुरको घरमै पुगी भुवनसिंहले हँसिया प्रहार गरी घाँटी आधा छिनालेको लगतै घटनास्थलमै कर्णबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।

मृतकको शव दुल्लू अस्पतालमा पोष्टमार्टम भईसकेको छ भने आरोपित भुवनसिंह बिकलाई पक्राउ गरी आवश्यक प्रारम्भिक अनुसन्धान थालिसकेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖