• Tuesday 6th of October 2026

‘म त ढलेँ ढलेँ’ बाट चर्चामा शान्तारानी परियार


  • धनकुटा खबर
  • .

पछिल्लो समय ‘म त ढलेँ ढलेँ’ बोलको गीत चर्चामा छ।

यो गीत टिकटकमा निकै छाएको छ। फेसबुक रिल्स भिडिओ पनि उत्तिकै बनेका छन्। युट्युबमा भ्युजको रफ्तार लोभलाग्दो छ।

यस गीतकी गायिका हुन्, शान्तारानी परियार। गीतको चर्चा चुलिएसँगै गायिका पनि यतिबेला चर्चामा छिन्।

त्यसो त यो गीत रिलिजको केही दिनसम्म खास्सै चलेको थिएन। स्रोता–दर्शकले गीतमाथि भिडिओ बनाउन थालेसँगै चर्चा चुलियो। त्यसपछि युट्युब भ्युज पनि बढ्दै गयो। शुक्रबार बिहानसम्म भिडिओलाई २ करोड ५२ लाखभन्दा बढीपटक हेरिएको छ।

शान्तारानीको चलेको यो पहिलो गीत भने होइन्। एक दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले थुप्रै गीतमा स्वर दिएकी छिन्।
जसमध्ये ‘शिरफूल शिरको’ गीत पनि रूचाइएको थियो। यद्यपि, अहिले ‘म त ढलेँ ढलेँ’ ले उनलाई थप चर्चामा पुुर्‍याएको छ। गीतको चर्चासँगै उनलाई देश–विदेशबाट स्टेज कार्यक्रमका लागि निम्तो आउने क्रम बढेको छ। यतिबेला पनि उनी देशभित्रका मेला–महोत्सवका व्यस्त छिन्।

‘म त ढलेँ ढलेँ’ का शब्द नेत्र अर्यालका हुन्। खेम सेञ्चुरीको मेलोडी रहेको गीतमा श्यामश्वेत रसाइलीको एरेन्ज छ।

भिडिओमा पल शाह र जुना विश्वकर्मा फिचर्ड छन्।

विनोद भण्डारीको निर्देशनमा बनेको भिडिओका कोरियोग्राफर प्रशान्त मगर हुन्। यसमा नवराज उप्रेतीको छायांकन, प्रविन भट्टको सम्पादन छ। गीत तीन महिनाअघि सार्वजनिक भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖