• Tuesday 6th of October 2026

यौन धन्धा चलाएको आरोपमा सङ्गम गेस्ट हाउसका सञ्चालकसहित २ भारतीय पुरुष र ३ महिला पक्राउ


  • धनकुटा खबर
  • .

वीरगञ्ज । यौन गतिविधि चलाएको आरोपमा गेस्ट हाउसका सञ्चालकसहित ६ जना पक्राउ परेका छन् ।

मधेस प्रदेशको महोत्तरीस्थित सम्सी गाउँपालिका – ६ सम्सी बजारमा रहेको सङ्गम होटेल एन्ड गेस्ट हाउसमा यौन गतिविधि चलाएको आरोपमा सञ्चालकसहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तिन जना महिला समेत रहेको प्रहरीले जनाएको छ ।

सञ्चालक सञ्जीव कुमार झाले गेस्ट हाउसमा महिलाहरूलाई बोलाएर यौन धन्धा चलाइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले त्यहाँबाट झासहित दुई जना भारतीय पुरुष र तिन जना महिलालाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलीपकुमार गिरीले जानकारी दिए ।

डीएसपी गिरीका अनुसार सञ्चालक झासहित भारत बिहार राज्य जिल्ला सितामढी थाना बेला ग्राम पञ्चायत मन्पौर – ६ का २२ वर्षीय हरिद्वार यादव र ग्राम पञ्चायत भेरहिया – ३ का २२ वर्षीय गुलाब धुनिया रहेका छन् ।

महिलाहरूलाई ल्याएर यौन धन्दामा संलग्न गराएको आरोपमा पक्राउ परेका तिनै जनामाथि मानव बेचबिखन तथा ओसार पसार मुद्दा चलाइएको गिरीले बताए । हाल जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरी उनीहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमै हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोपनीयताका कारण प्रहरीले महिलाहरूको नाम लगायतका अन्य विवरण खुलाएको छैन । स्रोतका अनुसार महिलाहरू पनि भारतीय नै हुन् ।-यात्राडेलीबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖