• Tuesday 6th of October 2026

रोनाल्डोले गोल गरे पनि साउदी प्रो लिगमा हार्‍यो अल नासार


  • धनकुटा खबर
  • .

कप्तान क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुद साउदी प्रो लिगमा अल नासार हारेको छ।

किङ साउदी युनिभर्सिटी स्टेडियममा शुक्रबार राति भएको प्रतिस्पर्धामा अल कादसियाले अल नासरलाई २–१ ले हराएको हो।

खेलको ३२औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए। तर, त्यसको ५ मिनेटपछि अल कादसियाका जुलियन क्विनोन्सले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए।

फेरि ५०औँ मिनेटमा पियरे एमरिक ओबामेयाङले गोल गरेपछि अल कादसियाको जित पक्का भएको हो।

जितसँगै अल कादसिया ११ खेलबाट २२ अंक बनाएर लिगको पाँचौँ स्थानमा छ। अल नासर समान खेलबाट २२ अंकसहित तेस्रो स्थानमा छ।

शीर्ष स्थानमा रहेको अल हिलालले १० खेलबाट २८ अंक बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖