• Tuesday 6th of October 2026

एनपीएलको ट्रफी आज सार्वजनिक गरिँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर १० । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी आज (सोमबार) सार्वजनिक गरिँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गर्न लागेका हुन् ।

बिहान साढे ८ बजे सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको क्यानले जनाएको छ ।

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖