• Tuesday 6th of October 2026

रोनाल्डो चम्किँदा अल नासरको जित


  • धनकुटा खबर
  • .

एजेन्सी- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा अल नासरले एसियन च्याम्पियन्स लिगमा अल घाराफालाई पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा अल नासरले अल घाराफालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

कतारको अल बैत रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ शुरु हुनेबित्तिकै रोनाल्डोले ४६ औँ मिनेटमा गोल गरेर नासरलाई अग्रता दिलाए । खेलको ५८ औँ मिनेटमा एन्जेलो ग्याब्रियलले दोस्रो गोल गरे ।

रोनाल्डोले ६४ औँ मिनेटमा व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे । खेलको ७५ औँ मिनेटमा जोसेलुले घाराफाका लागि सान्त्वना गोल गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖