• Tuesday 6th of October 2026

एक वर्षमा दश ठाउँबाट लोक सेवा पास


  • धनकुटा खबर
  • .

गुल्मी, असोज ११ । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर ५ वस्तु निवासी रमेश भण्डारीले एक वर्षको अवधिमा दश ठाउँबाट लोक सेवा आयोगका परीक्षा उतीर्ण गरेका छन् । भण्डारीले एक वर्षमा लोक सेवा आयोगले लिएका विभिन्न पदमा दश ठाउँबाट परीक्षा उतीर्ण गरेका हुन् ।

जसअनुसार गण्डकी प्रदेश स्थानीय पाचौं तह (प्रशासनंलेखा), संघ नायब सुब्बा प्रशासन समुह, संघ नायब सुब्बा लेखा तथा लेखापरीक्षण समुह, कृषि बिकास बैंक पाचौ तह सहायक, गण्डकी प्रदेश चौथो तह, विद्युत प्राधिकरण पाचौं तह लेखा समुह, नेपाल विद्युत प्राधिकरण चौथो तह उतीर्ण गरेका हुन्। त्यस्तै नेपाल टेलिकम छैटौ तह सहायक व्यापार अधिकृत, नेपाल टेलिकम चौथो तह उतीर्ण गरेका हुन् ।

भण्डारीले हालै संघीय शाखा अधिकृत (लेखा समूह) सिफारिस भएका छन् । यी बाहेक भन्सार बिभागले करिब २२ बर्षपछि बिज्ञापन गरेको भन्सार एजेन्टको लाइसेन्सको परिक्षा पनि उनी उतिर्ण भएका छन् । जसमा ६६० जनाका लागि १० हजार भन्दा बढीको प्रतिस्पर्धा भएको थियो । तर निजामती सेवा प्रवेश गरेपछि लाइसेन्स खारेज गरेका छन् ।

लोक सेवाको तयारी गरेको छोटो समयमै मेहनतले सफलता हात परेकाले खुसी लागेको भण्डारीले बताएका छन्। खुला तर्फबाट निजामती सेवामा प्रवेश गर्न सकिने माथिल्लो श्रेणीनै राजपत्रांकित तृतीय श्रेणी भएको र त्यसमा आफू छ्नोट हुन पाउदा धेरै खुशी लागेको उनको भनाई छ ।

तयारी गरेको छोटो समयमै निजामती सेवा, बैंकिङ सेवा, सार्वजनिक सस्थान, प्रदेश र स्थानिय सेवा समेतमा नाम निकाल्न सफल हुँदै सबै क्षेत्र र तहमा नाम निकाल्ने अनुभव बटुल्ने सौभाग्य मिलेको भण्डारीले बताए।

यो नतिजाले अझै जिम्मेवारी थपिएको र राज्य, राष्ट्र र जनताले चाहेअनुसार सेवा प्रदान तथा भूमिका निर्वाह गर्न निरन्तर प्रयास गर्ने उनको भनाइ छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर ५ वस्तु निवासी रमेश भण्डारी मध्यम वर्गिय किसान परिवारमा जन्मिएका ुहुन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖