• Tuesday 6th of October 2026

एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे


  • धनकुटा खबर
  • .

काठमाडौं, १२ मंशिर ।  कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगेका छन् ।

 

नेपाल प्रिमियर लिग (एनपिएल) का लागि कर्णाली याक्सवाट खेल्नका लागि वाल्टन मंगलवार काठमाडौं आइपुगेका हुन् ।

 

कर्णाली याक्सका अनुसार विमानस्थलमा वाल्टनलाई मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।

 

सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हो ।

 

त्यस्तै, टोलीले वेस्ट इन्डिजबाट वाल्टन र भारतका धवनका अलावा हङकङका खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिशन मक्सूदलाई अनुबन्ध गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖