• Tuesday 6th of October 2026

दृष्टिविहीन टी-२० विश्वकप : पाकिस्तानसँग नेपाल १० विकेटले पराजित


  • धनकुटा खबर
  • .

काठमाडौं । पाकिस्तानमा जारी दृष्टिविहीन टी-२० विश्वकपअन्तर्गत बुधबार भएको खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो।

पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १ सय रन बनायो । नेपालका लागि भरत थापाले सर्वाधिक ३९ तथा नरेश चौधरीले १७ रन जोडे ।

नेपालले दिएको १ सय १ रनको लक्ष्य पाकिस्तानले ६ ओभर ४ बलमा कुनै विकेट नगुमाई पूरा गर्‍यो ।

चौथो खेलमा नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । आजको खेलमा पराजित भएपनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना भने कायमै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖