मोरङको सुन्दरहरैचा स्थित खोर्सानेमा मंगलबार राती मोटलसाइकल दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको थियो।
खोर्साने-केराबारी सडक खण्डमा केराबारी तर्फ जाँदै गरेको प्र १-०२-०४६ प ३२१२ नं को मोटरसाइकलले सुन्दरहरैंचा नगरपालिका वडा नं १० बस्ने ६४ वर्षिय सीता गुरागाईलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते गुरागाईलाई विराटनगर स्थित नोबेल मेडिकल कलेज पठाइएको थियो ।
उनको अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
