• Sunday 4th of October 2026

करीना कपूरसँग छन् १० वटा सबैभन्दा महंगा चिज


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री करीना कपूरको नेटवर्थ ४ सय ८५ करोड भारतीय रुपैयाँ छ । उनको घर मुम्बईको महंगो स्थान बान्द्रामा छ, जसको मूल्य २५ देखि ३० करोडको छ ।

यसबाहेक करीनाको स्वीटजरल्यान्डमा पनि एउटा छुट्टी मनाउने घर छ जसको मूल्य ३३ करोड भारतीय रुपैयाँ बताइएको छ । करीना र सैफ अली खान पटौदी प्यालेसका मालिक हुन् जसको मूल्य ८०० करोड भारतीय रुपैयाँ पर्दछ ।

करीना कपूर विलासी गाडीको पनि शौखिन छन् । उनीसँग आडी क्यू–७ छ जसको मूल्य ८५ देखि ९५ लाख पर्दछ । यसबाहेक करीना र सैफसँग रेंज रोवर स्पोट्र्स छ जसको मूल्य ९९ लाख पर्दछ ।

त्यस्तै उनीसँग बीएमडब्ल्यू एक्स ७ कार पनि छ जसको मूल्य १.२५ करोड पर्दछ । करीनासँग मर्सिडीज बेन्ज एस क्लास र ई क्लास दुवै गाडी छन् । यसबाहेक उनीसँग करोडौं रुपैयाँका ब्रान्डेड ह्यान्डब्याग तथा गहना पनि छन् ।

त्यस्तै उनीहरु परिवार कतै जानुपर्दा धेरैपटक आफ्नै निजी जेट विमानमा जाने गर्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖