• Tuesday 6th of October 2026

पूर्वप्रेमिकालाई राति अबेर मेसेज गरेको अर्जुन कपुरद्वारा स्वीकार


  • धनकुटा खबर
  • .

मुम्बई । केही समयअघि अर्जुन कपुरले मलाइका अरोरासँगको ब्रेकअपको औपचारिक घोषणा गरेका थिए । यसै क्रममा अभिनेताले आफू हाल सिङ्गल बताएका थिए ।

हालै, एक घटना साझा गर्दै, अभिनेताले उनले आफ्नो पूर्व प्रेमिकालाई राति अबेर मेसेज गर्ने गरेको खुलासा गरेका छन्। म्यासेबल इन्डियाको अन्तर्वार्तामा अर्जुन कपूरलाई सोधिएको थियो कि उनले आफ्नो कुनै साथी वा पूर्व प्रेमिकालाई राति अबेर मेसेज गरेका छन् ?

यो प्रश्नको जवाफ दिँदै अर्जुनले आफूले त्यसो गरेको स्विकारे । उनले भने, ‘मैले मेरो पूर्वप्रेमिकालाई राति अबेरसम्म म्यासेज गरेँ।’

अर्जुन कपुरले भर्खरै ‘सिंघम अगेन’ को प्रमोसन गर्दा आफ्नो सम्बन्धको बारेमा कुरा गरेका थिए। अर्जुनले पापाराजीलाई भनेका थिए– म अहिले सिङ्गल छु, आराम गर्नुहोस् ।

केही दिनअघि मलाइका अरोराले सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गरेकी थिइन्, जसमा उनले आफ्नो सम्बन्धको अवस्था खुलाएकी थिइन् । यस पोस्टमा तीनवटा विकल्पहरू लेखिएका थिए: सम्बन्धमा, एकल र हेहेहे। मलाइकाले यो पोस्टमा ‘हेहेहे’ मा टिक गरिन् ।

अर्जुन र मलाइकाले सन् २०१८ मा एकअर्कालाई डेट गर्न थालेका थिए र सन् २०१९ मा सामाजिक सञ्जालमा आफ्नो सम्बन्धलाई आधिकारिक बनाएका थिए। त्यसपछि दुवै पार्टी, डिनर, आउटिङ र छुट्टीमा पनि सँगै देखिए । दुवैले करिब ६ वर्ष एक अर्कालाई डेट गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖