• Tuesday 6th of October 2026

सवारी दुर्घटनामा शिक्षकको मृत्यु


  • धनकुटा खबर
  • .

कपिलवस्तु, असोज ११ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा २ जनता माध्यमिक विद्यालय पिपराका विज्ञान विषयका संयोजक डा. रोमनाथ बराल हुनुहुन्छ ।

बुधवार राति बरालले चलाएको लु ५६ प ४६२७ नम्बरको मोटरसाइकल रोकिएको अवस्थामा रहेको लु २ ख १५०८ नम्बरको टिप्परमा ठोकिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका बरालको कपिलवस्तु सामुदायिक अस्पताल जितपुरमा उपचार हुन नसकेपछि कपिलवस्तु अस्पताल तौलिहवामा रेफर गरिएको थियो । कपिलवस्तु अस्पतालले उहाँलाई मृत घोषणा गरेको छ ।

बराल अमेरिकाबाट नेपाल फर्किएर ६ वर्षदेखि शिक्षण पेसा गर्दै आउनुभएको थियो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सदस्य तथा शिक्षा विभाग प्रमुखसमेत हुनुहुन्थ्यो ।-जानु पाण्डे/गोरखापत्र अनलाइन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖