• Tuesday 6th of October 2026

कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा


  • धनकुटा खबर
  • .

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन्।

त्रिभुवन विमानस्थलमा उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट प्रशिक्षक राजु बस्नेतले स्वागत गरेका थिए ।

३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी-२० प्रतियोगिता खेलेका छन्।

उनले अस्ट्रेलियाको यू-१९ टोलीबाट पनि लामो समय क्रिकेट खेलेका थिए । उनले प्रथम श्रेणीको क्रिकेटमा २८ खेल खेल्दै कुल एक हजार एक सय चार रन बनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖