काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सका गुल्शन झा आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीका गुल्शन झा १२ रनमा आउट भएका हुन् ।
उनलाई काठमाडौं गुर्खाजका गेर्हार्ड इरास्मसले आउट गरे । इरास्मसको यो दोस्रो विकेट हो ।
यसअघि बाबर हायत १३, च्याडविक वाल्टन २१ र देव खनाल शून्यमा आउट भए ।
टस जितेर काठमाडौंले पहिले बलिङ रोजेको हो ।
