• Tuesday 6th of October 2026

लुम्बिनीले दियो विराटनगरलाई अहिलेसम्मकै उच्च लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १९१ रन बनाएको हो । यो एनपीएलमा कुनै टिमले दिएको अहिलेसम्मकै उच्च स्कोर हो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

टम मुर्सले ३०, अर्जुन साउद १७, आशुतोष घिरैया १५ र सन्दीप जोरा १२ रनमा आउट भए ।

विराटनगरका लागि इस्मत आलम, सन्दीप लामिछाने र राजेश पुलामीले १–१ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖